#Danapur (Gajedi) Lake, Rupandehi, Nepal
#MobilePhotography
#JBDarlami
चाकडीले पेट भरेको देख्छु
स्वाभिमान भोकले मरेको देख्छु
प्रत्येक बिहान यी आँखा खोल्दा
सिमाना वर सरेको देख्छु
अझै नि किन यो मेरो देशमा
दुष्टले शासन गरेको देख्छु
हाम्रा बारीका कान्लाहरूमा
विदेशी साँढे चरेको देख्छु
युवाहरूको अनगिन्ती लहर
मुग्लान ताकेर झरेको देख्छु
००
गीत
जेबी दर्लामी
सिमलको भूवाजस्तै उड्दै उड्दै आएको थ्यो
त्यो मेरो यौवन थियो
त्यसरी नै उड्दै उड्दै ऊ कता गयो गयो
त्यो मेरो वैंश थियो
भन्ज्याङ्गमा एकै छिन थकाई मार्न बसे जस्तो
जरुवाको पानी पिउन बटुवा अडे जस्तो
कहाँ पुग्नु थियो होला किन त्यस्तो हतार ग¥यो
त्यो मेरो वैंश थियो
सिमलको भूवा जस्तै ...........
नचिनेको पाहुनाले बास बस्न मागे जस्तो
दुश्मनले लखेटेर कुनै मृग भागे जस्तो
कहाँबाट आयो होला अनि फेरि कता गयो
त्यो मेरो वैंश
थियो
सिमलको भूवाजस्तै .............
०
सन् २०१२ तिरको कुरा हो यो ।
कपाल
जसलाई
अति नै माया गर्छन् मान्छेहरू
कोर्छन्
बाट्छन्
मुसार्छन्
कपाल
जसलाई
सबैभन्दा माथि राखेर हिँड्छन् मान्छेहरू
तर पनि कपाल
जसलाई
विरानो ठाउँमा सजिलै छाडेर हिँड्छन् मान्छेहरू
म सँग भएको
जवाफ विनाको प्रश्न यत्ति हो
सेलुन पसलमा छोडेको
कपालको मूल्य कति हो ?
मधुपर्क
वर्ष ३९ पूर्णाङ्क ४४५
असार, २०६३
हिलोमा पनि कमल फक्रिन्छ
मरुभूमिमा पनि त क्याक्टस फुल्छ
जुम्लाको चीसो बतासमा पनि
लहलहाउँदो धानको बाला झुल्छ
तर पनि संसार किन यस्तो बेरङ्गी छ ?
तुँवालोबाट छिरेर पनि
कालो रातलाई चिरेर पनि
घाम त आखिर लागेकै छ
उज्यालो सधै जागेकै छ
तर पनि संसार किन यस्तो अन्धकार छ ?
धरतीमा
उम्रेकै छन् बिरुवाहरू
माटोले मलाई रनभूल्लमा पारेर सधैं हँसाइरहन्छ
ढुङ्गा पचाउन सक्छ यसले
कोमल बिऊहरूलाई जतन गरी बचाइरहन्छ
तर पनि संसारमा किन यस्तो घटीकमी छ ?
झुसिल्कीराहरू पुतली बन्छन्
र जीवनको सुन्दरताको कथा भन्छन्
चैतको हूरी थामिन्छ
साउनको झरी रोकिन्छ
पालुवाहरू हरेक वर्ष पल्हाइरहन्छन्
र अमरत्वको कविता सुनाइरहन्छन्
तर पनि संसार किन यस्तो कुरुप छ ?
संसारलाई यस्तो बनाउनमा
ती मानिसहरूको हात छ साथी,
जसले बलियाहरूको खुट्टा समात्छन्
निर्धाहरूको घाँटी ।
—के हो मगरात ?
—को हुन् मगर ?
—शाहहरूको प्रवेश
—मगर जातिमाथि पहिलो षड्यन्त्र
—गोर्खा र खाँची राज्यको सम्बन्ध
—हारेको अर्घा र खाँची
—जङ्गबहादुर र अर्घाखाँची : जन्मको नाता
—राणा शासनविरुद्धको पहिलो जनविद्रोह
—नेपाल प्रजापरिषद्
—नेपाली काङ्ग्रेसको जन्म
—अर्घाखाँचीमा नेपाली काङ्ग्रेस
—वीपी र काशीनाथ, कहिले अलग कहिले साथ
—नेपाल कम्युनिष्ट पार्टीको संक्षिप्त इतिहास
—अर्घाखाँचीमा नेपाल कम्युनिष्ट पार्टी
—मूर्ति काण्ड
—बर्रे काण्ड
—२०३६ सालको आन्दोलनमा अर्घाखाँची
—टंकप्रसाद भुसालको हत्या
—शोभाखर धनञ्जयको रहस्मय मृत्यु
—फ्रान्सेली अध्येताको अर्घाखाँची अनुभव
—काङ्ग्रेस र माले, कोभन्दा को कम
—पञ्चायतलाई अन्तिम धक्का
—वाङ्ला काण्ड
—युद्धको पृष्ठभूमि
—माओवादी नेताहरू
—भीडन्त, आक्रमण, प्रत्याक्रमण र गैरन्यायिक हत्या
—भदौ २३ र २४ अर्थात् सदरमुकाम कब्जाको नालीबेली
—सहायक सिडीओ र एलडीओको अपहरण
—बेपत्ता पारिएकाहरू
—आन्दोलनको १९ दिन
—घाइतेहरू
—नागरिक समाजको भूमिका
—पहिलो संविधान सभा र अर्घाखाँची
—दोस्रो संविधान सभा र अर्घाखाँची
—संविधान : असमान सम्झौताको दस्तावेज
—ऐतिहासिक हवाईजहाज दुर्घटना
—अर्घाखाँचीको पुनर्संरचना
—पालिकाहरूको संक्षिप्त परिचय
—अखण्ड लुम्बिनी : संघीयताविरोधी आन्दोलन
—एक झल्को
—दलहरूको परीक्षाको घडी
—स्थानीय तहको निर्वाचन : २०७४
—वर्गशत्रुबीचको तालमेल
—स्थानीय तहमा विजयी प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरू
—स्थानीय निर्वाचनमा विभिन्न दलका उम्मेदवार र मत परिणाम
—भुसाल र गौतम‘वाद’
—निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूको नामावली
—जिल्ला समन्वय समितिको निर्वाचन र नतीजा
—स्थानीय निर्वाचनमा देखिएका केही गज्जबका दृश्यहरू
—नेताहरूलाई कारबाहीे
—प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन : २०७४
—पार्टीहरूको घोषणापत्र
—प्रदेश सभामा देशैभरको मत परिणाम
—प्रदेश सभामा अर्घाखाँचीको मत परिणाम
—राष्ट्रिय सभाको निर्वाचन र अर्घाखाँची
—पहिलो विद्रोह
—अर्घाखाँचीका महिला नेतृहरू
—पितृसत्ताको अवशेष
—एकताको उदाहरण
—प्रदेश सभामा अर्घाखाँचीका महिला नेतृहरू
जेबी
दर्लामी लिखित ‘मारीखोलाको ढुङ्गो’ माओवादी
विद्रोहको परिणतिले मोहभंग युवाको कथा हो।
हरेक दिन घामको अनुहार दिक्कलाग्दो देखिन्थ्यो। ऊ ढिलो गरी उदाउँथ्यो र हतार गर्दै अस्ताउँथ्यो। हरेक रात हामीलाई एक जुगजस्तो लाग्थ्यो। कहिल्यै रात नपरे कति जाति हुँदो हो भन्न मन लाग्थ्यो। युद्धका दिन पनि रातजस्ता। युद्धमा के दिन के रात! उस्तै लामा, उस्तै चिसा, उस्तै अँध्यारा।
यसरी माओवादी सशस्त्र विद्रोहको वेलाको वर्णन गर्दै ‘मारिखोलाको ढुङ्गो’ शुरूआत हुन्छ। उपन्यासको कथावाचक माओवादी लडाकू छन्। कथा उनकै वरिपरि घुमेको छ।
एक युवा आफ्नो भविष्य बनाउने वेलामा देशकै भविष्य बनाउने जिम्मेवारीबोध गर्दै ‘महान् गौरवशाली पार्टी’प्रति अगाध श्रद्धा भाव पालेर ज्यान नै दाउमा राखी सशस्त्र विद्रोहमा होमिन्छ। तर समय क्रममा ‘महान् र गौरवशाली विद्रोह’ तुहिएको देख्छ। उसलाई ‘त्यो पवित्र विद्रोह जन्मेको भूमि’प्रति नै वितृष्णा हुन थाल्छ र विदेशिन्छ। उसको हिजो के थियो र विदेशिएपछि भोलि के हुन्छ भन्ने नै उपन्यासको कथा हो।
प्रमुख पात्र कमरेड अलपत्रसँग सहानुभूति पैदा गराउँदै उपन्यास अघि बढ्छ। बाटोमा बटुवाझैं सहायक पात्र भेटिँदै जान्छन्। तिनले पनि कथामा अब के होला भन्ने कौतूहल जगाइरहन्छन्।
माओवादी विद्रोहलाई एउटा ठूलो चित्र मान्ने हो भने यो उपन्यास त्यसको लघु अंश हो। जसमा माओवादीले के बाचा गरेको थियो, त्यो बाचा किन पूरा भएन भन्ने प्रश्नलाई सामान्य मान्छेका मनोभावबाट उधिनिएको छ।
ती सामान्य मान्छे कमरेड अलपत्र जस्तै अलपत्र परेका युवा हुन्। ती सामान्य मान्छे मीरा भुसाल जस्तै पात्र हुन् जसले अनाहकमा आफ्ना परिवारका सदस्य गुमाए।
कथावाचक अलपत्र विद्रोहमा लागेका तर पार्टीले अयोग्य भनी निकालेका कमरेड हुन्। त्यस्ता कतिपय कमरेडहरू कोही सत्तामा पुगे, कोही व्यवसायमा लागे, कोही भातभान्छाको जोहो गर्न खाडी भासिए। अवसरलाई सदुपयोग गर्न माओवादीमा लागेर कमरेड भइटोपलेकाहरू पार्टी सिध्याउने सलह भएको कथावाचकको बुझाइ छ।
ऊ भन्छ, ‘पुराना र वास्तविक लडाकूहरू ती नयाँ मानिसको हुलमा मिसिएर हराउने अवस्था आयो। पाइला-पाइलामा विचारहीन मान्छे ठोक्किन थाले। हामीसँग भाषा नमिल्ने, उद्देश्य र कुरै नमिल्ने मानिसको संख्याले शिविर ढाक्यो। सलहले खेती ढाकेजस्तै।’ (पृ. ६७)
विद्रोहमा हतियारसहित लडेको कमरेड अलपत्र थ्री-नट-थ्रीको गोलीले बायाँ हत्केलालाई वारपार छेड्दा भएको घाउ निको भए पनि चुँडिएको कान्छी औंलाको भाग रित्तै रहेकोमा चित्त दुखाउँदैन। उनको चित्त दुखाइ छ, ‘निको भएको घाउको दाग अझै पनि गहिरो र डरलाग्दो छ।’
लेखकले माओवादी विद्रोहका कारण मरेका हजारौं मान्छे र घाइते तथा विस्थापित अन्य हजारौंका मनमा गढेको पीडाको खिल उखेल्ने प्रयास नभएकोमा असहमति जनाएका छन्।
कथावाचकले आफू लडिरहँदा नै पार्टी ‘सुप्रिमो’को दिशाहीनताको चाल पाइसकेका संकेत गरेका छन्। उनले पार्टी सुप्रिमाबारे गरेको टिप्पणी यस्तो छ, ‘हास्य कलाकारहरूले चिढ्याउँदा-चिढ्याउँदा चर्चित थेगो त अलि कम भएछ, भुँडी भने पुट्ट लागेछ। गाला पनि उक्सिएछन्। शान्तिले खान पाएपछि त भुँडी लाग्न बेरै नलाग्दो रहेछ। बरु थेगो बढेर भुँडी घटेको भए हुन्थ्यो भन्ने चर्चा पनि कानेखुशी पाराले शिविरमा चल्यो।’ (पृ. ६९)
पार्टी कसरी भुत्ते भयो भन्ने पनि कमरेड अलपत्रले आकलन गरेका छन्। किनभने पार्टीमा प्रश्न गर्ने परिपाटी संरचनागत रुपमै हरणमा पारिएको थियो। नेताको ध्यान देश बनाउने होइन, द्रव्य बनाउनेतर्फ लाग्यो। एक ठाउँमा उनले लेखेका छन्, ‘पार्टीभित्र प्रश्न राख्ने संस्कारको शुरुआत गर्न चाहने एक-दुई जना विचारशील कमरेडलाई त हामीले चारैतिरबाट घेरेर उहिले नै भुत्ते बनाइसकेका थियौं। प्रश्न गर्दा ज्यानै जानेसम्मको खतरा हुने नजिर हामीले पार्टीमा बसालिसकेका थियौं। (पृ.७०)
कथावाचकले एक ठाउँमा माओवादी युद्धका वेला जनताले उनीहरूलाई ‘अभावमा पनि हामीलाई आश्रय दिए, प्रेम दिए, सबथोक दिए’ भनेका छन्। जनताले उनीहरूलाई गरेको प्रेम कति हार्दिक थियो वा कति बाध्यात्मक थियो भन्नेमा कमरेड अलमलमा थिए कि भन्ने पाठकलाई लाग्न सक्छ। तर कमरेडको झुक्यानमा पाठक नझुक्किउन् भन्ने आशय लेखकको छ।
उपन्यासको मूल प्रश्न नै यदि जनताको पवित्र भावना र साथ थियो भने त्यो साथ र सहयोग पाएको राजनीतिक शक्तिले किन जनआकांक्षा पूरा गर्न सकेन र उसले वाचा गरेको रूपान्तरणमा किन जान सकेन भन्ने हो। कमरेड अलपत्रले जब पार्टीभित्र विकृति संस्थागत हुन थालेको देख्यो, तब उसले के महसूस गर्छ भने यो आन्दोलनले कहिँ पुर्याउँदैन।
उसले अनुभव गरेको समस्या चाहिँ विद्रोहमा लागेकाले गाउँठाउँमा मुखै देखाउनै नहुने गरी लाजमर्दो अवस्था सिर्जना भएको हो। यो चरम नैराश्यबीच अलपत्र परेका युवा ‘विदेश जाँदा पो निकास पाइन्छ कि, शान्ति पाइन्छ छ कि!’ भनेर विदेशिएका छन्।
अलपत्र कमरेडको नामले नै पाठकलाई शुरूमै जिज्ञासा हुन्छ, यो कस्तो नाम हो? तर जस्तो नाम उस्तै नियति भएको छ उसको। ऊ अलपत्र परेको छ र ऊ भित्रैदेखि के ठान्छ भने ऊ मात्रै होइन, ऊ संलग्न भएको आन्दोलन नै अलपत्र परेको छ।
लघु आकारको यो उपन्यासको भाषा मिठो छ। ठाउँ ठाउँमा पाठकले भाषाको मिठास पाउँछन्। समयको जनाउ दिने एक प्रसंगमा लेखक अड्कल गर्छन्, ‘घाम एक जुवा वर आइसकेछ।’
मनको अवसाद बुझाउन अर्को ठाउँमा उनले दिएको अभिव्यक्ति यस्तो छ, ‘मनको भण्डार क्षमता कत्रो हुन्छ? जति सोचे पनि भरिन्न यो। रात अबेरसम्म मनमा कुरा खनिन आए। म थाकेँ। तर मन थाकेन।’
अनि अर्को प्रसंगमा उनले विषादको वेलालाई यसरी विम्बमा पोख्छन्, ‘समयले डामेपछि हाँसो कता गायब हुँदो रैछ कता।’
उपन्यासको अर्को उल्लेखनीय पक्ष हो, क्षेत्रीयता। कथामा केन्द्रको वर्णन छैन। साना साना उपकेन्द्र छन्। कथाले अर्घाखाँचीको आञ्चलिकता बोकेको छ। पुस्तकमा मारीखोलाका प्रसंग आउँछन्। रोल्पा, प्युठान र अर्घाखाँचीका परिवेश झल्किन्छन्।
उपन्यासको दुई ठाउँमा आउने अनपेक्षित मोडले कथालाई रोचक बनाएको छ। कथा सरर बगे पनि संयोगान्त घटनाक्रममा वर्णनको न्यूनताको अभाव महसूस हुन्छ।
नेपाली इतिहासलाई उलटपुटल पार्ने माओवादी विद्रोह जसले १७ हजारभन्दा बढीको ज्यान लियो, हजारौंलाई अंगभंग बनायो, हजारौंलाई विस्थापित बनायो, त्यो आन्दोलनका सामाजिक पाटोहरू खुल्न बाँकी नै छ। त्यसैको एक प्रयास हो, यो उपन्यास।
‘मारीखोलाको ढुङ्गो’ माओवादी विद्रोहप्रतिको विमतिको आख्यानात्मक सिर्जना हो। यसमा नेपाली पाठकले आफ्नो गाउँठाउँका दाजुभाइ, दिदीबहिनीका दुःख, अपेक्षा र सपना पाउँछन्। यो कृति सपना हराएका युवाको कथा हो। नेपाली युवाको विषादको प्रतिनिधि आवाज हो।
शनिबार,
असार ८, २०८१ १२:५६ मा प्रकाशित
https://www.himalkhabar.com/news/142056