परिवर्तन हेर्न चाहने दुईटा चिम्सा आँखा
निष्ठाका कथा सुन्न चाहने दुईटा लोद्रा कान
अन्तरले देखेको बोलिहाल्ने मुख थियो उसको
तर, सबैको भलो आकांक्षा सुख थियो उसको
परिवर्तनको खोजीमा
देवालय छि¥यो
बन्दुक भि¥यो
कम्युनिष्ट मेनिफेष्टो
गीता, बाइबल, कुरान पढ्यो
काँडामा टेकेर उभ्भियो
फूलको एकै प्रहारमा ढल्यो
सन्धिखर्कको धूलाम्य सडकमा
भुस्याहा कुकुरजस्तो खुप डुल्दथ्यो ऊ
शान्ति बगैचाभित्र आलोक पुस्तकालयमा
घण्टौँसम्म एकोहोरिएर खुप भुल्दथ्यो ऊ
जुके पिँडालुजस्तो
ख्याउटे शरीर थियो ऊसँग
सधै गालामा हात राख्थ्यो
खै कस्तो पीर थियो ऊसँग ?
नजिक हुन जान्दैनथ्यो कसैसँग
भइहाल्यो भने
औपचारिकताका सबै सीमा मिचिदिने
उसको यस्तो बानी थियो
बीजगणित जस्तो अल्झेको
पहाड जस्तो नमिलेको
सगरमाथा र डेथ सी जस्तो आरोह र अवरोहको सङ्गम
यस्तै यस्तै उसको जिन्दगानी थियो
धेरै भयो त्यो कालो मान्छे हराएको
त्यसको नाम वर्षात् दर्लामी थियो ।
रचना : २२ मे, सन २०१५
०
बर्षात दर्लामी अराउनु भएको छैन। उदाउनु भएकै छ। फरक यत्ति होला- उबेला बन्दूकको आवाज सबैको कानमा पर्थ्यो। यत्तिखेर कलमको आवाज सबैमा एकै चोटि पुग्न समय लाग्ने भएर हो कि!
ReplyDelete